चुनावी र्‍यालीमा माओवादी आक्रमण, एक विधायकसहित ५ जनाको मृत्यु

Chu

काठमाडौं । भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्‍यालीमा माओवादीले गरेको आक्रमणमा परी एक विधायकसहित कम्तिमा ५ जनाको मृत्यु भएको छ ।

दन्तेवाडा जिल्लामा भएको माओवादीको आक्रमणमा दन्तेवाडाका विधायक भीमा माण्डभीको मृत्यु भएको हो । माण्डभी भारतीय जनता पार्टीका तर्फबाट निर्वाचित भएकी थिइन ।

छत्तीसगढका डीआईजी पी सुन्दरराजले आक्रमणमा भारतीय जनता पार्टीका विधायक माण्डभी, उनका चालक र तीन जना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिएका छन् ।

माण्डभीसहित गाडिका लस्कर सडकमा गुडिरहेका बेला माओवादीले विस्फोट गराएका थिए । त्यहाँको साप्ताहिक बजारमा चुनावी प्रचारमा पुगेको टोलीमाथि माओवादीले आक्रमण गरेको बताइएको छ ।

भारतमा लोकसभा निर्वाचन सुरु हुन दुई दिन मात्र बाँकी रहँदा विधेयकमाथि आक्रमण भएको हो । लोकसभामा ११ सिट रहेको छत्तीसगढमा भोलि निर्वाचन हुँदै छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको भत्र्सना गर्दै मृतकहरुको बलिदान खेर नजाने बताएका छन् । 

प्रतिकृया दिनुहोस