पाकिस्तानका प्रधानमन्त्री खानको कार्यालयमा आगलागी,क्षती केहि भएन

Imran

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ । उनको सचिवालयमा सोमबार दिउँसो भएको आगलागीमा परी कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन् ।

संसद भवननजिकै रहेको उच्च सुरक्षा घेराभित्रको भवनको तेस्रो तलाको शौचालयमा आगलागी भएको प्रधानमन्त्रीका सल्लाहकार यौसाफ बैघ मिर्जाले बताए ।

कार्यालयमा आगलागी भएको बेला प्रधानमन्त्री खान कार्यालयमै एउटा बैठकको अध्यक्षता गरिरहेको सल्लाहकार मिर्जाले जानकारी दिए ।

आगलागी भएको थाहा पाउनेवित्तिकै अग्निनियन्त्रक र उद्धारकर्ताहरुले कार्यालयमा रहेका प्रधानमन्त्री खानसहित सबैलाई तत्काल कार्यालयबाहिर निकालेका थिए ।

विद्युत् सर्ट भएर आगलागी भएको अधिकारीहरुले जनाएका छन् । आगो तत्कालै नियन्त्रणमा लिइएको थियो ।

प्रतिकृया दिनुहोस