‘विमान बङ्गलादेश' को शौचालयबाट २३ किलो सुन बरामद

Biman3

बङ्गलादेश । बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका करिब २०० वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले सोमबार बरामद गरेका यहाँको सुरक्षा स्रोतले जानकारी गराएको छ ।

सुनको तौल २३ किलोभन्दा बढी भएको र सुनसँग कुनै व्यक्तिलाई पनि पक्राउ नगरिएको एक जना भन्सार अधिकारीले जनाएका हुन् ।

भन्सार गुप्तचर विभागका अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा सिन्ह्वा न्यूज एजेन्सीसँग भने, “हामीले विमान बङ्गलादेशको शौचालयमा छोडिएका २०० वटा सुनका सिक्कालाई बरामद गरेका छौँ ।”

“सुन शौचालयमा छोडिएको अवस्थामा बरामद भएको र यसबारे अनुसन्धान भइरहेकोले बिस्तृत विवरण पछि दिइनेछ,” उनले भने ।

विमान दुबईबाट आएको र स्थानीय समय अनुसार सोमबार बिहान ६ बजे बङ्गलादेशको राजधानी ढाकाबाट २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्राम बन्दरगाह शहरस्थित विमानस्थलमा अवतरण भएको थियो ।अधिकारीका अनुसार उक्त सुनका सिक्काको मूल्य १४ लाख ३० हजार अमेरिकी डलर (दश कारोड टाका) बराबर भएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...