माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नसिद निर्वाचनमार्फत् पुनः शक्तिमा

V6tboaczhcuxvm5lpuja

काठमाडौं । माल्दिभ्सका पूर्वराष्ट्रपति मोहमद नसिद निर्वाचनमार्फत् पुनः शक्तिमा आएका छन् । भ्रष्टाचारको आरोप खेप्दै श्रीलंकामा केही वर्ष निर्वासित जीवन बिताएका नसिद स्वदेश फर्किएको ५ महिनामै शक्तिमा आएका हुन् ।

गत शनिबार भएको संसदीय निर्वाचनमा उनको पार्टी माल्दिभियन डेमोक्रेटिक पार्टीले दुईतिहाइ जित हासिल गरेको छ । माल्दिभ्समा कुल ८७ सदस्यीय संसद् रहेकोमा उनको पार्टीले दुई तिहाई मत पाएको हो ।

नासिदको प्रमुख राजनीति प्रतिद्वन्द्वी पार्टी प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्सले चार सिट मात्रै जितेको छ । जितसँगै नासिदले देशमा स्थिरता र लोकतन्त्रका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै देशबाट भ्रष्टाचार उन्मूलन गर्ने घोषणा गरेका छन् ।

गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका नासिदकै पार्टीका नेता मोहमद इब्राहिम सोलिहसँग पराजित भएका तत्कालिन राष्ट्रपति यामिनले नासिदलाई विवादास्पद आतंकवादसम्बन्धी मुद्दा लगाई १३ बर्षको जेल सजायँ सुनाएका थिए ।

यद्यपी गत वर्ष राष्ट्रपति परिवर्तन भएपछि नासिदमाथिको सजाय मिनाहा गरिएको थियो ।(एजेन्सी)

प्रतिकृया दिनुहोस