इन्टरनेटको गती २० गुणा कसरी बढ्यो ?

Vvc

काठमाडौं ।  दक्षिण कोरिया र अमेरिकाले यसै हप्ता संसारको पहिलो व्यवसायिका फाइभ–जी सेवा सुरु गरेका छन् । दक्षिण कोरियामा मोबाइल सेवा प्रदायक तीन कम्पनी र अमेरिकाको शिकागोसमेत दुई शहरका केही भागमा यो सेवा सुरु भएको हो ।

यो सेवा सुरु भएको जानकारी दिँदै यसले स्मार्टफोनको प्रयोग गर्नेहरुको क्षमतामा विशेष वृद्धि हुने जानकारी दिइएको छ ।

दक्षिण कोरियाली कम्पनी सामसङले ग्यालेक्सी एसटेन फाइभ–जी स्मार्टफोन अहिलेका फोनको तुलनामा २० गुणा बढी गतीको हुने दाबी गरेको छ । यसको बिक्री शुक्रबारबाट सुरु भएको छ ।

अहिले थुप्रै देशबीच फाइभजी नेटवर्क बनाउनका लागि होडबाजी चलिरहेको छ जुन भविष्यको प्रविधीका लागि निकै महत्वपूर्ण हुनेछ । उदाहरणका लागि चालकविहिन कार तयार गर्नमा यो उपयोगी साबित हुनेछ ।

यी देश नेटवर्कसँग सम्बन्धित समस्याको हल गर्नका लागि पनि काम गरिरहेका छन् ।

फाइभजी के हो ?

फाइभजी, मोबाइल इन्टरनेट कनेक्टिभीटी प्रविधीको पाँचौँ पीढि हो । यो तीब्र गतिको हुनेछ र इन्टरनेटमार्फत् गर्नुपर्ने कुनै पनि काम निकै कम समयमा सिद्धाउन सकिन्छ ।

फाइभजीले व्यापक ‘कभरेज’ र स्थिर नेटवर्क कायम रहने बचन दिएको छ ।

Ovum TMT Intelligenceका टेलिभिजन र इन्टरटेन्मेन्ट विश्लेषक एड बार्टनले आजको समयमा फोरजीबाट फाइभजीसम्मकमो यात्रा निकै महत्वपूर्ण साबित हुने बताएका छन् ।

उनका अनुसार वानजी नेटवर्कले आवाजलाई सक्षम बनायो, टुजीले टेक्स्ट (मेसेज) लाई, थ्रीजीले तस्बिरलाई र फोरजीले भिडियो सेयरका लागि सक्षम बनाएको छ ।

उनी भन्छन्, ‘फोरजीबाट फाइभजी एउटा यस्तो छलाङ हुने हामीले आशा गरिरहेका छौं जुन यसअघि कहिले भएको थिएन ।’

र यो छलाङको पहिलो फाइदा भनेको पूरा नेटवर्कमा विशाल डाटालाई ट्रान्सफर (स्थानान्तरण) हुनु हो । फाइभजीको अर्थ यो हो कि धेरैभन्दा धेरै उपकरणलाई उत्कृष्ट स्पिडसहित नेटवर्कमा जोड्न सकिनेछ ।

टेक्नोलोजी कन्सल्टेन्सी आइडीसी एशिया प्यासिफिकमा वरिष्ठ अनुसन्धान प्रबन्धक निखिल बत्राका अनुसार अहिलेको फोरजीको तुलनामा फाइभजीको गती १० गुणा बढी हुनेछ ।

यद्यपी, सामसङले भने आफ्नो फाइभजी फोन २० गुणा बढी गतीको हुने दाबी गरेको छ ।

फाइभजीका कस्ता फाइदा छन् ?

सुरुमा फाइभजी उच्च गुणवत्ता (हाई क्वालिटी) का सामग्री प्रसारण गर्न सक्षम हुनेछ । लाइभ स्पोर्टस् र क्लाउड गेमिङमा रुची राख्ने दर्शकका लागि यो एक उत्कृष्ट अनुभव प्रमाणित हुनेछ ।

बार्टन भन्छन्, ‘फाइभजीबाट म्यापिङ एप्स र किनमेलको अनुभव उत्कृष्ट हुने । यो ड्राइभरबिनाको कारका लागि निकै महत्वपूर्ण साबित हुनेछन् ।’

यसबाहेक टाढाबाट सर्जरी र होलोग्राफिक भिडियो कल्सलाई पनि उत्कृष्ट बनाउनमा भूमिका खेल्नेछ ।

कहाँ उपलब्ध छन् ?

संसारभरी फाइभजीको परीक्षण निकै अघिदेखि भइरहेको थिया तर यसको व्यवसायिक उपयोग अहिले मात्र सुरु भयो ।

यो हप्ता दक्षिण कोरियाका तीन शीर्ष मोबाइल सेवा प्रदायक कम्पनीले फाइभजीसेवा सुरु गरेको छ ।

जबकी यसै हप्ता अमेरिकाको टेल्को वेरिजोनले पनि दुई शहरमा यो सेवा सुरु गरेको छ ।

सामसङ इलेक्ट्रोनिक्स र आइटी एण्ड मोबाइल कम्युनिकेशनका अध्यक्ष डिजे कोहले अविश्वसनीय गतीको फाइभजी केनक्टिभीटी भएको  एउटा नयाँ युगको सुरुवात भइसकेको बताएका छन् ।

सुरक्षाको विषयमा कस्ता चिन्ता छन् ?

फाइभजीको आधारभूत संरचनाको केन्द्रमा सुरक्षा एउटा ठूलो चिन्ताको विषय बनेको छ जसमा चीनको अग्रणी टेलिकम कम्पनी ह्वावेको नाम पनि आउँछ ।

ह्वावे टेलिकम उपकरण बनाउने संसारकै सबैभन्दा ठूलो कम्पनी हो । यसको प्रविधीलाई जासुसीका लागि प्रयोग गर्न सकिने भएकाले यो कम्पनीको विदेशी सरकारले पनि आलोचना गर्दै आएको छ ।

अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डले स्थानीय कम्पनीलाई फाइभजीका लागि ह्वावेका उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । बीबीसी

 

 

प्रतिकृया दिनुहोस