भारतीय कांग्रेस परिवारवाद र पैसाले चलेको मोदीको टिप्पणी

Modi

उडिसा । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कांग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गरेका छन् ।

शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेसको नाम उल्लेख नगरी भने,  ‘कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन् । भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो ।’

कांग्रेसप्रति आक्रामकरुपमा प्रस्तुत् भएका प्रधानमन्त्री मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहनत गरेको बताए । कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन बिताएको उनले स्मरण गरे । आफ्नो पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको प्रधानमन्त्री मोदीको भनाइ छ ।

प्रतिकृया दिनुहोस