अमेरिकी कम्पनीले बोइङ–७३७ संस्करणका विमानको निर्माण कम गर्ने

Vvv

काठमाडौं । अमेरिकी विमान निर्माता कम्पनी बोइङले बोइङ–७३७ संस्करणका विमानको निर्माण तत्कालका लागि कम गर्ने भएको छ ।

गत मार्चमा इथियोपिया तथा अक्टोबरमा इन्डोनेसियामा बोइङ ७३७ म्याक्स–एट विमान दुर्घटनामा परेपछि बोइङले तत्कालका लागि सो संस्करणका विमान निर्माण कम गर्ने जनाएको हो ।

इथियोपियामा भएको दुर्घटनामा १ सय ५७ जना र इन्डोनेसियामा भएको दुर्घटनामा १ सय ८९ जनाको मृत्यु भएको थियो ।

कम्पनीले प्रत्येक महिना ५२ वटा विमान बनाउँदै आएकोमा अप्रिलको मध्यदेखि यसलाई घटाएर ४२ मा झारिने जनाएको छ ।

आफूले निर्माण गरेका दुई वटा विमान लगातार दुर्घटनामा परेर ब्यापार बन्द भएपछि बोइङले सो संस्करणका विमान उत्पादनमा कम गरेको हो ।

इथियोपियन एयरलाइन्सको विमान दुर्घटनापछि विश्वभर रहेका बोइङ ७३७ म्याक्स–एट विमान ग्राउण्डेड भएका छन् ।

प्रतिकृया दिनुहोस