छत्तीसगढमा नक्सलवादी आतंककारीको हमलामा परी चार सुरक्षाकर्मीको मृत्यु

Xa

काठमाडौं । भारतको छत्तीसगढमा नक्सलवादी आतंककारीको हमलामा परी भारतीय चार सुरक्षाकर्मीको मृत्यु भएको छ । काँकरे जिल्लाको पंखाजूरमा बिहीबार नक्सलवादीले बिएसएफको सर्चिङ टिमलई छक्याएर हमला गरेको थियो । 

उक्त हमलामा परी दुई जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । नक्सल विरोधी अप्रेशनका लागि बिहीबार बिहान नक्सलवादीको लोकेशन फेला पारेपछि बीएसएफ–११४ बटालियन त्यसको खोजमा निस्केको थियो । 

पंखाजूरबाट करिब ३५ किलोमिटर टाढा प्रतापुर थाना क्षेत्रमा मोहलाको जंगलमा एकाएक सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो । नक्सलवादीहरुले भारतको आसन्न लोकसभा निर्वाचन बहिस्कार गरेको छ । १८ अप्रिलमा दोस्रो चरणमा काँकरेमा मतदान हुँदैछ ।

उक्त ठाउँमा केही दिन पहिले नक्सलवादीले पर्चा छरेर चुनावको विरोध गरेका थिए । उनीहरुले स्थानीयलाई चुनावमा भाग नलिन धम्कीसमेत दिएका छन् ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...