लोकसभा चुनाव कांग्रेसले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धता

Rahul

काठमाडौं । भारतमा लोकसभा चुनावका लागि कांग्रेसले बाचाले भरिएको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेस अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको बाचा झुटमा आधारित नभएको दाबी गरेका छन् । कांग्रेसको पाँच ठूला बाचा छन् ।

पहिलो बाचा हो, गरीबलाई ७२ हजार । राहुल गान्धीका अनुसार उनको पार्टीको सरकार बनेमा खातामा हरेक वर्ष ७२ हजार र पाँच वर्षमा ३ लाख ६० हजार जम्मा गरिदिनेछ । घोषणापत्रमा २०२० सम्म सबै खाली सरकार पदमा पूर्ति गरिसक्ने बाचा गरिएको छ ।


साथै तीन लाख युवालाई व्यवसाय सुरु गर्न कुनै अनुमति लिनु पर्दैन र बैंकको ढोका उनीहरुका लागि खोलिनेछ । कांग्रेस अध्यक्ष राहुलले रेलवेमा जस्तै किसानका लागि छुट्टै बजेट पेश गर्ने बाचा पनि गरेका छन् । किरानाको ऋणको समस्या समाधानका लागि राहुलले भनेका छन् कि यदि किसानले ऋण तिर्न सकेनन् भने अपराधिक मुद्दा चलाइने छैन । यसलाई सिभिल अफेन्स मानिनेछ ।


घोषणा पत्रमा बाचा गरिएको छ कि कांग्रेसको सरकारले जीडीपीको ६ प्रतिशत शिक्षा बजेटमा छुट्याउनेछ । स्वास्थलाई लिएर राहुलले प्राइभेट इन्स्योरेन्समा आधारित स्वास्थ्य स्किममा भर नपर्ने बताएका छन् । कांग्रेसले आफ्नो घोषणापत्रको नाम ‘जन घोषणा पत्र’ राखेको छ, जसमा लेखिएको छ, हामी पुरा गर्छौं ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...