अप्रिल फुल: ती आठ खबर जसलाई मानिसहरुले ठट्टा सम्झिए

April ful

काठमाडौं । सोमबार अप्रिल फूल डे अर्थात् मूर्ख दिवस मनाइयो । धेरैजसो मिडियाले यस्ता खबर प्रकाशित गर्छन् जसलाई निकै सनसनीपूर्ण तरिकाले प्रस्तुत गरिन्छ तर वास्तवमा ती झुटा हुन्छन् ।

नेपालमा पनि मूर्ख दिवसको अवसर पारेर मूलधारकै मिडियाले आफ्नो फेसबुक पेजमा फुटबल स्टार लियोनेल मेस्सी नेपाल आउन लागेको समाचार पोष्ट गरेको थियो  । यस्तै, अर्को एक मिडियाले  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प नेपाल आउँदै भनेर अर्को काल्पनिक समाचार प्रकाशित गरेको थियो ।

यो ट्रेन्ड नेपालमा मात्रै नभई विश्वभरी नै व्याप्त छ । तर मूर्ख दिवसमा अपनाइने यो ट्रेन्डले वास्तविक समाचार पनि झुटा हुन् कि भन्ने भान पैदा गरेको छ ।  आजकाल वास्तविक र झुटो खबरलाई छुट्याउनै मुश्किल हुन्छ । तर आज हामी तपाईंलाई यस्तै अचम्मका खबरबारे जानकारी दिँदै छौं जुन वास्तवमा नै वास्तविक थिए  ।

१. अर्बपती उद्योगपति एलन मस्कले एउटा –याप गीत रिलिज गरेका छन् । स्पेस एक्स र इलेक्ट्रिक कार टेस्लाजस्ता ब्रान्डका मालिकले ‘आरआईपी हराम्बी’ बोलको गीत गाए । हराम्बी अमेरिकाको सिसिनाटी चिडियाघरको एउटा गोरिल्ला थियो जसलाई सन् २०१६ मा गोली हानिएको थियो ।

२. युक्रेनमा भएको पहिलो राष्ट्रपति चुनावमा एक्जिट पोलका अनुसार एक हास्यकलाकारले सबैभन्दा धेरै भोट पाएका छन् । एक्जिट पोलका अनुसार वोलोडिमिर जेलेन्स्कीले ३० प्रतिशत भोट पाए पनि राष्ट्रपति पेट्रो पोरोशेन्कीले १७ प्रतिशत भोट पाएका छन् ।

३. यति तपाईं इलेक्ट्रोनिक संगीत सुन्नुहुन्छ भने तपाईंलाई लामखुट्टेले नटोक्न सक्छन् । विशेषगरी यदि तपाईं अमेरिकी गायक स्क्रिलेक्सका गीत सुन्नुहुन्छ भने यस्तो सम्भव छ । एक नयाँ अध्ययन अनुसार ध्वनीले थुप्रै जनावरको प्रजनन, जनसंख्या नियन्त्रणमा मुख्य भूमिका निभाउने गर्दछ ।

४. नाइजेरियाका कृषिमन्त्री अदु ओगबेहले दाबी गरे, ‘नाइजेरियाका मानिसहरु आफ्नो मोबाइल प्रयोग गरेर ब्रिटिश एयरवेजमार्फत लण्डनबाट पिज्जा मगाइरहेका छन् ।’ उनले एक –यालीमा नाइजेरियाका मानिसहरु विदेशी आयातमा अत्यधिक निर्भर हुँदै गरेको बताए ।

५. फिश स्लाइम अर्थात्, माछाको छालाले एउटा नयाँ एन्टिबायोटिक बनाउन सकिन्छ । दक्षिणी क्यालिफोर्नियाबाट माछाका १७ प्रजाति पाइएको छ । ओरेगन युनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार यी माछाका माथिल्लो छालाले नयाँ एन्टिबायोटिक बनाउन सकिन्छ ।

६. टोकियोको एक होटलमा तीन किलोग्राम तौल भएको बर्गर पस्किइयो । यो बर्गर १५ सेमी. लामो, २५ सेमी. चौडा छ । द ग्रान्ड हायात, टोक्योले आफ्नो खानाको मेन्यूमा ‘गोल्डेन जाइन्ट’ बर्गरलाई सम्मिलित गरेको छ । यसको मूल्य एक लाख येन (जापान मुद्रा) लगभग एक लाख रुपैयाँ तोकिएको छ ।

७. –यापर स्नूपडगले एउटा नाइटक्लबमा पैसाले भरिएको ब्याग छोडेका थिए । उक्त ब्यागमा चार लाख पाउन्ड (पाँच करोड रुपैयाँ) नगद थियो । यो क्लबमा मालिक जर्ज स्लोअनले सन् २०१४ मा अमेरिकी –यापरले इंगल्याण्डको एक्सेटर शहरको भ्रमण गरेका थिए ।

८. अमेरिकी सेनाले समुन्द्रमा दुश्मनको गतिविधीमाथि निगरानी गर्नका लागि समुन्द्री जीवलाई भर्ती गरिरहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...