व्यवसायीद्वारा अनिश्चितकालिन पाल्पा बन्द आहृवान

Palpa

काठमाडौं । आफ्ना व्यवसायीलाई प्रहरी प्रशासनले पक्राउ गरेको विरोधमा पाल्पा उद्योग वाणिज्य संघले आहृवान गरेको शनिबारदेखिको अनिश्चितकालिन बन्दले बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । 

बन्दका कारण पाल्पाको सडकमा निजी तथा सार्वजनिक सवारीका साधन चलेका छैनन् भने पसल, उद्योग, कलकारखाना बन्द भएका छन् । संघले माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई अवरोध नगरेको जनाएको छ । 

बिहानैदेखि उद्योगी, व्यवसायीहरु सडकमा उत्रेर आफ्ना व्यवसायीलाई विना सर्त रिहाइको माग गर्दै नारा जुलुस गरेका छन् । पाल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष शैलेन्द्र भटराई, व्यवसायीहरु लक्ष्मण रेग्मी र बाबुराम विष्टलाई विना प्रमाण प्रशासनले पत्रकार कुटपिटको आरोपमा थुनामा राखेको विरोधमा बन्द आहृवान गरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताए ।  

शुक्रबार तानसेनका होलाङ्दी, बसपार्क ढुंगाखानी घर घडेरी पीडितहरु तानसेन नगरपालिकामा डेलिगेशन गएर फर्किदा पक्रकार विजय बौडेललाई आत्रमण गरेको र सोही विषयलाई बुझ्न पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेश कुमार अर्याल नगरपालिका पुग्दा उत्तेजित भीडले आक्रमण प्रयास गरेको थियो । 

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष राजेशकुमार अर्याल र शाखा सदस्य विजयकुमार बौडेलमाथि सडक चौडा गराउन नदिने स्थानीयले आक्रमण गरेका छन् । 

स्थानीय बासिन्दाले तानसेन नगरपालिकाले गत फागुन १५ गते होलाङदी देखि बसपार्क ढुंगाखानी सडक केन्द्रदेखि दायाँׅबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर आक्रमण गरेको महासंघले जनाएको छ ।  
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा खानेपानीको समस्या हुन दिन्नँ : खानेपानी मन्त्री राई

Dkt ktm samparka program

काठमाडौं । खानेपानी राजेन्द्रकुमार राईले यो वर्षदेखि धनकुटाका कुनै पनि स्थानमा खानेपानीको समस्या ...