आज पत्रकार महासंघको ६४ औं स्थापना दिवस

Fnj nepal

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज ६४ औं स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा महासंघले देशभरका विभिन्न ठाउँमा कार्यक्रम गर्दैछ ।

यसै अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस विज्ञप्ती निकाल्दै शुभकामना व्यक्त गरेका छन् । विज्ञप्तीमार्फत देशैभर र विश्वका विभिन्न देशमा छरिएर रहेका महासंघका सदस्यसहित आम नेपाली सञ्चारकर्मीका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना दिईएको छ ।

स्थापना दिवसको आवरमा आज महासंघ केन्द्रीय समितिले सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे विशेष समारोहको आयोजना गरेको छ ।

नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि २०११ साल चैत १६ गते महासंघ स्थापना भएको हो ।

 

प्रतिकृया दिनुहोस