स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची आउन बाँकी

Samanya prasashan mantralaya

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै कर्मचारीको समायोजन सकिएको घोषणा गरेको भए पनि स्वास्थ्य सेवाका कर्मचारीको समायोजन सूची भने अझै सार्वजनिक हुन सकेको छैन ।

स्वास्थ्य सेवाअन्तर्गत स्थानीय तहमा २२ हजार १ सय ७६, प्रदेशमा २ हजार ३ सय ९४ र संघमा २ हजार ७५ जना कर्मचारी समायोजन भएका छन् ।

मन्त्रालयले बिहिबार समायोजन सकिएको घोषणा गरेको थियो । सामान्य प्रशासनले स्वास्थ्यका २७ हजार ३ सय २ जनाको समयोजन गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

कर्मचारी समायोजनका क्रममा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी भने फाजिलमा परेका छन् । मन्त्रालयका अनुसार फाजिलमा रहेका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गरिने छ । प्रदेश र स्थानीयमा आवश्यकता अनुसार ती कर्मचारीको व्यवस्थापन गरिने सामान्य प्रशासन मन्त्रालयको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस