प्रश्नपत्र बाहिरिएको छानबिन गर्ने जिम्मा सिआईबीलाई, चार घण्टामै रिपोर्ट पठाउन कडा निर्देशन

See exam todfod

काठमाडौं । प्रदेश नम्बर २ मा एसईई परीक्षाको प्रश्नपत्र दैनिक बाहिरिएपछि छानबिनको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) लाई दिइएको छ ।

समितिको बैठकले प्रश्नपत्र बाहिरिएको विषय छानबिनको जिम्मा सिआईबीलाई दिने निर्णय गरेको हो । गोप्य ढंगले राखिएको प्रश्नपत्र परीक्षा हुनुभन्दा केही मिनेट अघिमात्र खोल्नुपर्ने भए पनि अघिल्लै दिन विद्यार्थीको हातहातमा परेपछि शुक्रबार आकस्मिक रुपमा सुरक्षा समितिको बैठक बसेको थियो ।

बैठकले ७७ जिल्लाकै परीक्षा केन्द्रको अनुगमन गरेर प्रश्नपत्रको अवस्थाबारे चार घण्टामा रिपोर्ट पठाउन निर्देशनसमेत दिएको छ । अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरीलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ ।

प्रश्नपत्र बाहिरिएको विषयमा ७७ जिल्लाबाटै अनुगमन रिपोर्ट आएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक साँझ ६ बजे बस्ने भएको छ । ६ बजेको बैठकले परीक्षाका विषयमा ठोस निर्णय गर्ने परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए ।

प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा दुवै दिनको एसईई परीक्षा रद्ध गरिएको छ । प्रश्नपत्र बाहिरिएलगत्तै दुई दिनको एसईई परीक्षा रद्ध भएपछि विद्यार्थीले भने प्रदेश २ का सबै जिल्लामा आन्दोलन चर्काएका छन् ।

प्रतिकृया दिनुहोस