का‌ंग्रेसमा प्रवेश गर्दै भाजपाका सांसद शत्रुघन सिन्हा

Ooopopooo

काठमाडौं । कलाकारिताबाट राजनीतिमा प्रवेश गरेका भारतीय जनता पार्टी (भाजपा)का नेता तथा सांसद सत्रुघन सिन्हाले बिहीबार भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन्। सिन्हा भाजपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने तयारी स्वरुप उनीहरुका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ। 

आउदो अप्रिल ६ तारिखका दिन सिन्हा कांग्रेसमा प्रवेश गर्ने तय भएको कांग्रेस नेताहरुले जानकारी दिएका छन्।

 राजनीतिज्ञ भएर पनि कलाकारका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक भएकाले उनले मोदीको पार्टीबाट निर्वाचनका लागि टिकट नपाएपछि कांग्रेस प्रवेश गर्न लागेको बताइएको छ। 

पटनाको सहिब निर्वाचन क्षेत्रबाट टिकट दिन मोदीले अस्विकार गरेका छन्। उनी अहिले पनि भाजपाको सांसद छन्। “भाजपामा लोकतन्त्र छैन, तानाशाही प्रभाव छ, त्यहीभएर मैले भाजपा छोड्ने र कांग्रेसमा प्रवेश गर्ने निर्णय गरेको हुँ,” उनले भने। 

उनले आफू पहिलेदेखि नै नेरु गान्धी परिवारप्रति श्रद्धा गर्ने व्यक्ति भएकाले पनि कांग्रेस पार्टी प्रवेश गर्न मन लागेको बताए। उनले यसअघि निर्वाचन लडेको निर्वाचन क्षेत्रमै अहिले कांग्रेस पार्टीबाट निर्वाचन लड्ने पनि जानकारी दिए। 

कांग्रेसको बिहार प्रमुख शक्ति सिंह गोहिलले पार्टीको “स्टार लिडर र स्टार क्याम्पेनर”का रुपमा सिंहले काम गर्ने बताए। सिंह सन् २००९ र २००१४ मा पटना साहिबबाट लोकसभामा निर्वाचित भएका थिए।

सात चरणमा हुन लागेको भारतको लोकसभा निर्वाचन अन्तर्गत बिहारमा अप्रिल ११ देखि मे १९ सम्म मतदान हुने कार्यतालिका रहेको छ। एएनआई

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...