ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा आज मतदान

Tereja

लन्डन । ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा आज फेरि एक पटक मतदान हुँदैछ । यद्यपि यो मतदान केवल यूरोपेली संघको साथ भएको सम्झौताको हिस्सामा मात्रै हुनेछ ।

बेलायती सांसदहरुले आज आयरलान्डको सीमामा भएको सम्झौता अर्थात्, आइरिस ‘व्याकस्टप’ युरोपेली संघ र बेलायत अलग हुँदा पैसाको लेनदेन अर्थात् ‘सम्बन्ध विच्छेद बिल’ र नागरिकको अधिकार विषयमा मतदान गर्ने छन् ।

युरोपेली संघको साथमा बेलायतको भविष्यको बारेमा भने मतदान गरिने छैन । २९ मार्च २०१७ मा बेलायत सरकारले आर्टिकल ५० लागु गरेको थियो । जसअनुसार ठीक २ बर्षपछि ब्रेक्जिट कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

यसबीचमा कयौं बेलायती सांसदहरुले युरोपेली संघको साथ भएको सम्झौतामा आफ्नो असन्तुष्टि जनाइसकेका छन् । लेबर पार्टी र डेमोक्रेटिक युनियनिस्ट पार्टीले यो सम्झौताको विरोधमा मतदान गर्ने बताएका छन् । प्रधानमन्त्री टेरिजा मेले आफ्ना सांसदहरुलाई मतदानलाई दुई भागमा बाँडेर बुझ्नका लागि अपिल गरेकी छन् ।

उनले पहिलो भागमा बेलायत युरोपेली संघबाट अलग हुँदाको महत्व र आगामी हप्ता हुने मतदानमा त्यसको भविष्यबारे सोच्न आग्रह गरेकी छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...