आगोले जलेर एक महिने बालिकाको मृत्यु

Aaglagi 45

दाङ । दाङमा आगोमा परी एक बालिकाको ज्यान गएको छ ।

राप्ती गाउपालिका–१ बगाह सोतीका हिमाल रानाकी एक महिनाकी छोरी संगिताको आगोमा परी जलेर ज्यान गएको हो ।

घरमा हिमालका तिन वर्षीय छोरा अमितले सलाई कोरी खेल्नेक्रममा सुतिरहेकी संगिताको कपडामा आगो सल्किएर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगोले जली परि गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा गएराति बुटवल प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस