विजय गच्छदारको प्रश्न, प्रधानमन्त्रीको गोलमोटोल जवाफ किन आयो ?

Bijaya gachedar

काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सरकार संदरप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाएका छन् ।

आइतबार संसदको बैठकमा बोल्दै गच्छदारले सरकारले संघीय संसदको आदेश पालना नगरेको र संसदप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाए ।

‘सरकारले संसंसदले प्रश्न गर्छ, सरकार उत्तर दिनबाट भाग्छ । सरकार सदनप्रति उत्तरदायी बन्न सकिरहेको छैन । किन ?’ उनले भने, ‘संसदभन्दा सरकार माथि हुन सक्दैन । यही संदबाटै सरकार बन्ने र भत्किने गर्छ । सभामुखले सरकारलाई रुलिङ गर्ने, तर सरकारले नटेर्ने । यो केहो ? नेका सरकारलाई सहयोग गर्न तयार छ ।’

उनले सभामुखले नै टिकापुरको प्रतिवेदन पेश गर्न रुलिङ गर्दा पनि अहिलेसम्म प्रतिवेदन पेश नगरिएकोमा आपत्ति जनाए । ‘प्रधानमन्त्रीको सजिलो उत्तर आउँछ, गोलमोटोल उत्तर आउँछ’ उनले भने, ‘यसले सरकार जिम्मेवार छैन भन्ने देखाउँछ ।’

उनले संघीय संसदलाई अझ संस्थागत बनाउन सक्नुपर्ने र दलहरुसँग समनवय गरेर अघि बढ्न सरकारलाई आग्रह पनि गरे । ‘सरकारलाई रचनात्मक सहयोग गर्न तयार छौं । तर, जवरजस्ती विधेयक पारित गरिनु भएन’ उनले भने, ‘के अहिले सबैको सहमतिमा विधेयक पारित भएको छ ? छैन ।’

उनले सरकार गठन भएको १ वर्ष १ महिना ७ हुँदा पनि कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि कारवाही हुन नसकेकोमा आपत्ति जनाए । ‘हत्याका संलग्नको रेकर्ड किन राख्न सक्दैन ?’ उनले भने, ‘यसले के देखाउँछ भने सरकारले शान्ति सुरक्षा कायम गर्न सकिरहेको छैन ।

 

प्रतिकृया दिनुहोस