ब्रेक्जिटका सम्बन्धमा पुन: जनमत संग्रहकाे माग गर्दै लन्डनमा विशाल प्रदर्शन

640671627rally

काठमाडौं ।  ब्रेक्जिटबारे अन्योल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत) मा युरोपियन युनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहद्वारा ब्रेक्जिट विषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै भव्य प्रदर्शन गरेका छन्।

इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लन्डनको हाइड पार्कमा जम्मा भई मध्य लन्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए।

ब्रेक्जिटको विषयले राजनीतिक अन्योलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दाबीसहित सहभागीहरूले यस विषयमा पुनः जनमतसङ्ग्रहको माग गरेका छन्।

प्रदर्शनपछि बेलायती संसदको बाहिरी क्षेत्रमा जम्मा हुने जनमासलाई स्कटल्यान्डका प्रथम मन्त्री निकोला स्टर्जियन, लन्डनका नगर प्रमुख सादिक खान र प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनले सम्बोधन गरेका थिए।

ब्रेक्जिटको विपक्षमा भएको बृहद जनप्रदर्शनको पूर्वसन्ध्यामा पछिल्लो राजनीतिक अन्यौलबारे बोल्दै खानले भने, 'ब्रेक्जिट पूर्ण तथा अत्यन्त भद्रगोलको अवस्थामा पुगेको छ। त्यसैले आफूहरूले यसबारे नयाँ निर्णय लिन जनदबाब सिर्जना गर्नेछाैं।'

प्रदर्शन बेलायतको राजधानी लन्डनमा केही दशक यताकै ठूलो भएकाे दाबी गरिएकाे छ। प्रदर्शन बेलायतलाई इयूबाट छुट्याउने विषयमा पुनः विचारका लागि जनतामा जान दबाब दिन आयोजना गरिएको खानले बताए। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...