पोल्याण्ड पठाइदिने बाहनामा साढे पाँच करोड ठगी, दुईजना पक्राउ

Money 3


ललितपुर । पोल्याण्ड पठाउँछु भन्दै साढे पाँच करोड रुपैयाँ ठगी गरेको आरोपमा अरुणकुमार महतो र हरिबहादुर लामा पुर्पक्षका लागी थुनामा गएका छन् ।

पोल्याण्ड पठाइदिने बहानामा ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुले ६ सय नौ जनाबाट यत्ति ठूलो रकम उठाएको प्रहरीको भनाइ छ ।

महतो र लामालाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । सोही आरोपमा संलग्न अन्य १० जना भने फरार छन् ।

प्रमाणपत्रमा काठमाडौं महानगरपालिका ९ मा कार्यालय रहेको भनिए पनि उनीहरुले ग्वार्कोमा दृष्मा ओभरसीज प्रालि संचालन गरेको देखिएको जिल्ला अदालत पाटनका श्रेस्तेदार चन्द्रप्रकास तिवारीले जानकारी दिए ।

उनका अनुसार अभियुक्तको थुनछेक बहस सुरु भएको छ । ‘६ सय ९ जनाले उजुरी दिएका छन् र पाँच करोड ४१ लाख रुपैयाँ ठगेको आरोप पीडितको छ’ तिवारीले भने ।

उनीहरुलाई जिल्ला अदालत पाटनले फागुन २८ गते पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएको हो ।

प्रतिकृया दिनुहोस