घानामा दुई वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु

Pjop3dmadzv6blrphcnn

काठमाडौं । अफ्रिकी मुलुक घानामा दुई वटा बस आपसमा ठोक्किँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ ।

घानाका प्रहरी अधिकारीहरुले पछिल्लो समयमा सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना भएको बताएका छन् ।

राजधानी आक्रादेखि ४३० किलोमिटर टाढा पर्ने किटाम्पो शहरमा बस ठोक्किएका हुन् ।

सवारी साधनहरू गलत ठाउँमा गुडेकाले दुर्घटना भएको स्थानीय प्रहरी प्रमुख जोसेफ अन्तवी ग्यावुले जानकारी दिएका छन् ।

दुवै बसमा ५०/५० जनाभन्दा बढी यात्रु रहेकोमा एकआपसमा ठोक्किएका बसमध्ये एउटामा आगलागीसमेत भएको थियो ।

कतिपय यात्रुको बसभित्रै जलेर मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते २८ जनाको उपचार भइरहेको र ७ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।(एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...