आजको मौसम कहाँ कस्तो ? पानी पर्छ कि पर्दैन ?

Mausam fsabdroyqv

काठमाडौँ । देशका पहाडी भूभागहरुमा आज (शनिबार) पनि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य क्षेत्रमा भने सामान्यतया मौसम सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । बिगत एक साता देखि पहाडी क्षेत्रको मौसम बदली भइरहेको छ भने छिटपुट वर्षा पनि भइरहेको छ । यो क्रम अझै केही दिन जारी रहने मौसमविदले बताएका छन् ।

आइतबार (भोलि) पनि देशका पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

 

प्रतिकृया दिनुहोस