गाडीभाडा मिलाउने विषयमा झडप, चालकद्वारा नगर कर्मचारीमाथि कुटपिट

Kutpit samuhikkk

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा जीप र ट्याक्टर चालकले नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेका छन् ।

हाल डोल्पाको खदाङ-छलगाड सञ्चालनमा रहेका जीप र ट्याक्टरको भाडा व्यवस्थापनमा पुगेका नायव सुब्बा हिराचन्द्र धरलालाई चालकले कुटपिट गरेपछि धराला शक्त घाइते भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ ।

सामूहिक आक्रमण गर्ने चालक रुकुम जिल्ला आठबिसकोट नगरपालिका-९ का जीवनसिंह रावत, -११ का नबिन नेपाली, -६ का गोपाल बोहोरा, जाजरकोट नलगाड नगरपालिका-७ का प्रदिप बुढाथोकी, -१२ का महेन्द्र विकलाई बुधबार रातिनै प्रहरीले पक्राउ गरिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायब निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए ।

घाइते धरलाको टाउकोमा गम्भीर चोट लागेकाले प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज लगिएको धरालाकी श्रीमती मुनादेवी बोहोराले जानकारी दिइन् ।

नासु धरला र अर्का कर्मचारी खड्कसिंह कठायत बुधबार साँझ खदाङ्बाट त्रिपुराकोट आउने क्रममा सिउरेनी बजारमा गाडीको भाडा घटाउने विषयमा ड्राइभरसँग विवाद भएपछि झडप भएको प्रहरी नायव उपरीक्षक अवदेश बिष्टले जानकारी दिए ।

धरलाले खदाङ् त्रिपुराकोटसम्म ५ सय भाडा महंगो भएकाले चारसय भाडामात्रै लिनपर्ने बताएपछि भाडा घटाउने तँ को होस् भन्दै जीप र ट्याक्टर चालकले सामूहिकरुपमा आक्रमण गरेका थिए ।

घटनामा संलग्न मुख्य योजनाकार प्रेम विकसहित दुईजना फरार रहेको र खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

बिहीबार खदाङ-त्रिपुराकोट खण्डमा गाडी चलाउने आधादर्जन चालक नियन्त्रणमा राखेर हिरासतमा राखेपछि सो खण्डमा यातायातसेवा बन्द भएको छ ।

प्रतिकृया दिनुहोस