क्रिकेट खेल्ने क्रममा खेलाडीको मृत्यु

Mirtu 98798

काठमाडौं । भारतकङ्को कोलकाता बालीगञ्ज स्पोर्टिङ्ग क्लबबाट खेल्दै आएका २२ वर्षिय सोनु यादवको क्रिकेट खेल्दाखेल्द मृत्यु भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार स्पोर्टिङ क्लबमा अभ्यास खेल खेल्ने क्रममा ब्याटिङ गर्दै गर्दा यादवको मृत्यु भएको छ ।

ब्याटिङ गर्ने क्रममा लडेका उनलाई तत्काल एसएसकेएम हस्पिटल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

सेकेन्ड डिभिजन क्रिकेट खेल्दै आएका सोनु एक विकेटकीपर ब्याट्सम्यान रहेको बताइएको छ ।

क्लबको कुनै खेल तालिका नरहेकाले सोनुले साथीहरुसंग अभ्यास खेलिरहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...