मोजाम्बिकमा समुद्री चक्रपातका कारण एक हजारभन्दा बढी मनिसको मृत्यु

Samundri tufan

काठमाडौं । अफ्रिकी मुलुक मोजाम्बिकमा आएको इडाई समुद्री चक्रपातका कारण १ हजारभन्दा बढी मनिसको मृत्यु भएको छ ।

प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको चक्रपातले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति भएको छ ।

मोलाम्बिकका राष्ट्रपति फिलिपे नुसीले चक्रपातमा ज्यान गुमाउनेहरुको संख्या १ हजार नाघेको बताएका छन् ।

बेयराको निरीक्षण गर्दै उनले आँधीले विध्वंस नै मच्चाएको बताए । हवाई निरीक्षणका बेला बाढीको भेलमा कयौं मानिसको शव तैरिरहेको देखेको जानकारी दिए ।

चक्रपातका कारण अफ्रिकाका दक्षिणी भेगमा १ सय ८० जनाको मृत्यु भएको छ ।

झन्डै ५ लाख मानिस बस्दै आएको बेयरामा ९० प्रतिशत शहर ध्वस्त भएको छ । विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति पुर्याउन नसकेको कुनै पनि घर भेट्न नसकेको बताएका छन् ।

उद्दारकर्ताहरूले शहरबाहिर झनै विकराल समस्या भएको हुन सक्ने बताएका छन् ।

धेरै ठाउँमा बिजुली र सञ्चार सम्पर्क टुटेको छ । सडकसहित धेरै ठाउँमा जमिन भासिएका छन् जसका कारण राहत कार्य झन् चुनौतीपूर्ण भएको छ ।

बेयराबाट अन्यत्र जोडिने सडक अबरुद्ध भए पनि विमानस्थल भने सञ्चालनमा ल्याइएको छ ।

आँधीका कारण छिमेकी मुलुक जिम्बाब्वेमा ९८ जनाको मृत्यु भइसकेको छ भने २ सय १७ जना बेपत्ता भएको अधिकारीहरुले जनाएका छन् ।

मलावीमासमेत आँधीले ठूलो क्षति पुर्याएको बताइएको छ । मलावीमा आँधी आउनुअघिको भीषण वर्षा बाढी तथा पहिरोले १ सय २२ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...