अवैध लागूऔषध र भरुवा बन्दुकसहित दुई जना पक्राउ

Pakrau 12

मकवानपुर । पश्चिम मकवानपुरबाट प्रहरीले लागूऔषध गाँजा ६१ किलो पाँच ग्राम र भरुवा बन्दुक एक नाल सहित एक जनालाई पक्राउ गरेको छ ।

राक्सिराङ गाउँपालिका-७ स्थित चन्द्र बहादुर चेपाङको घर खानतलासी गर्दा प्रहरीले लुकाएर राखेको गाँजा र भरुवा बन्दुक सहित उनलाई पक्राउ गरेको हो ।

४५ वर्षीय बलराम भन्ने चेपाङले सातवटा प्लास्टिकका बोरामा गाँजा लुकाएर राखेको अवस्थामा फेला पारेको मकवानपुर प्रहरी प्रमुख एसपी सिंहले बताए ।

प्रहरीले उनले गाँजा नजिक राखेको भरुवा बन्दुक पनि बरामद गरेको उनले जानकारी दिए ।

प्रहरीले राक्सिराङ गाउँपालिक-७ बाटै ७८ केजी गाँजा र दुई नाल बन्दुकसहित सर्गलाल चेपाङलाई पक्राउ गरेको छ ।

२० वर्षीय चेपाङलाई ६ वटा बोरा र सानो एक वटा प्लास्टिकको पोकामा लुकाएर राखेको गाँजा बरामद गरेको एसपी सिंहले बताए ।

चेपाङको दुईवटा घरबाट उक्त परिणामको गाँजा र बन्दुक बरामद गरिएको उनले जानकारी दिए ।

पक्राउ परेकालाई म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस