वोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

Mirtu 884545

चितवन । पूर्वी चितवनमा बोलेरोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान (सोमबार) पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा दिएको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

थापालाई ठक्कर दिने वोलेरो र चालक ईलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको छ ।

प्रतिकृया दिनुहोस