भालुको आक्रमणबाट एकजना गम्भीर घाइते

Valu attack

दाङ । दाङमा भालुको आक्रमणबाट एक जना व्यक्ति गम्भीर घाइते भएका छन् ।

जिल्लाको गढवा गाउँपालिका-६ मनिकापुर निवासी ५५ वर्षीय पुरन रोका मगर भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।

घाइते मगरको हाल बाँकेस्थित नेपालगञ्ज नरसिंह होममा उपचार भइरहेको छ ।

स्थानीय जंगलमा बाख्रा चराउन गएका मगरलाई आइतबार बेलुका ५ बजेतिर भालुले एकाएक आक्रमण गरेपछि उनी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

भालुको आक्रमणबाट मगरको बायाँ गाला, आँखा, नाक र पाखुरामा गहिरो घाउ भएको प्रहरीले बताएको छ ।

जंगलमा बाख्रा खोज्दै हिँडेका दुई जनामध्ये मगरलाई भालुले एकाएक झम्टिएको थियो ।

उनीसँगै गएका अर्का व्यक्तिले पछि अचेत अवस्थाका मगरलाई उद्धार गरी जंगलबाट उद्दार गरेका थिए ।

प्रतिकृया दिनुहोस