विप्लव नेतृत्वका ४ कार्यकर्ता पक्राउ

Pakkrau 1

दाङ । दाङबाट एक जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले शनिबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँबाट सुनछाहारी गाउँपालिका निवासी १९ वर्षीय श्याम पुन मगरलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार पुन जन साँस्कृतिक परिवारसँग आवद्ध रहेको भन्ने खुल्न आएको छ ।

प्रहरीले पुनविरूद्ध सार्वजनिक शान्तिविरूद्धको कसूरअन्तरगत मुद्दा चलाइएको जानकारी दिएको छ ।

पुनलाई आइतबार दस दिने म्याद थप गरी अनुसन्धान गर्ने बताइएको छ ।

त्यस्तै सल्यानमा थप तीन जना कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी प्रमुख एवं डिएसपी वीरेन्द्रबहादुर शाहीले नेकपाका जिल्ला सदस्य मदन केसी (वैज्ञानिक)लाई नेपाल बन्दको दिन फागुन २३ गते, अखिल क्रान्तिकारीका जिल्ला सचिव गणेश ‘आर्सी’लाई २५ गते र युवा संगठनका जिल्ला सदस्य खुमलाल वलीलाई पक्राउ गरिएको छ ।

उनीहरूलाई सार्वजनिक कसूरविरूद्धको मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस