गाडी व्याक गर्ने क्रममा दुर्घटना, ९ जना सामान्य घाइते, ३ को अवस्था गम्भीर

Durghatana

डडेलधुरा । डडेलधुरामा हाइस दुर्घटना हुँदा १२ जना घाइते भएका छ्न ।

दुर्घटनामा ९ जना सामान्य घाइते भएका छन् भने तिनको अवस्था चिन्ताजनक रहेको छ ।

शिलगढीबाट धनगढीतर्फ गैरहेको हाइस डडेलधुराको गन्यापधुरा गाउँपालिका-३ मा दुर्घटनामा परेको हो ।

ना १ ख १२६५ नम्बरको हाइस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

घम्भीर घाइते तीन जनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको उपक्षेत्रीय अस्पताल डडेलधुराले जनाएको छ ।

गाडी व्याक गर्ने क्रममा दुर्घटनामा परेको स्थानीय शेरबहादुर भण्डारीले बताए ।

प्रतिकृया दिनुहोस