गाईको मासुसहित दुई जना पक्राउ

3 jana pakrau

चितवन । चितवनमा गाईको मासुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२३ जगतपुर, कृष्णचोकका विक्रम सार्की र रनबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनीहरुले पाल्ने भनेर छिमेकीबाट खरिद गरेको गाई काटेको आरोप छ ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २७ को २८९ दफामा गाई र गोरु काट्न, मार्न नपाइने उल्लेख छ ।

उक्त कानुन विपरीत काम गरे तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

प्रतिकृया दिनुहोस