मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, ३ जना घाइते

Mirtu balak

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५, खैरीमा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

शिवपुरबाट चन्द्रौटातर्फ आइरहेको ना ६ प ७४२१ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो ।

आइतबार राती मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी शिवराज नगरपालिका २, बालापुरकी १६ वर्षीय कमला बस्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा मोटरसाइकल चालक शिवराज नगरपालिका १ बस्ने वर्ष २१ का सुशान्तराज थापा, तथा मोटरसाइकलमा सवार सोही ठाउँका २१ वर्षिय सन्दीप पोख्रेल र कपिलबस्तु नगरपालिका ९, श्रीनगर बस्ने वर्ष २० का दिलीप बञ्जाडे सामान्य घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले बताएको छ ।

प्रतिकृया दिनुहोस