छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, २ गम्भीर घाइते

Durghatana

सर्लाही । सर्लाहीमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् ।

आइतबार राति नवलपुरबाट ना.४० प ३८२१ नम्बरको मोटरसाइकलमा हरिपुरतर्फ आउँदै गरेको हरिवन नगरपालिका ९ का अन्दाजी ३४ वर्षका अमर गोले र ३० वर्षका विवेक लामा सवार मोटरसाइकल हरिपुर नगरपालिका ८ जुटपानीमा खानेपानी ह्याण्ड पम्पको घेराउ गरेको देवालमा ठोक्किँदा दुर्घटना परेको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक गोले र लामा गम्भीर घाईते भएका थिए ।

घाईते दुबै जनालाई रातिनै उपचारको लागि वीरगंज पठाइए पनि उपचारको क्रममा गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ । लामाको अवस्था गम्भीर नै रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी हरिपुरबाट चितायनतर्फ जादैँ गरेको ना ४४ प ९४३५ नम्बरको मोटरसाइकल नहरको कल्भर्टमा अनियन्त्रित भई ठोक्किँदा लालबन्दी नगरपालिका-१ नेत्रगंजका २३ वर्षका राम एकवाल गुप्ताको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार लालबन्दी २ जुटपानीका २५ वर्षका राम कुमार यादव गम्भीर घाईते भएका छन् ।

यादवको सामान्य उपचारपश्चात थप उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस