अख्तियारका कर्मचारीविरुद्ध दुई आरोपमा मुद्दा दायर

Adalat on

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ ।

अधिकारीलाई दुई आरोपमा प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगमा अनुसन्धान जारी रहेको मुद्दा तामेलीमा राखिदिने सेवाग्राहीसँग एक लाख घुस रकम लिइरहेको अवस्था अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

असई अधिकारीले आयोगमा विचाराधीन अवस्थामा रहेको सेवाग्राहीविरुद्ध बाटो ग्रावेल गर्दा अनियमितता गरेको सम्बन्धमा परेको उजूरी कारबाही प्रक्रिया सहजीकरण गरी दिने भनी सेवाग्राहीसँग घुस लिएका थिए ।

अख्तियारका असई अधिकारीविरुद्ध चार महिनादेखि ६ महिनासम्म कैद र विगो रकम जफतको मागदाबी गरिएको छ ।

असई अधिकारीले चन्दननाथ उच्च माध्यमिक विद्यालयका शिक्षकविरुद्ध आयोगमा शैक्षिक प्रमाणपत्र सम्बन्धी उजूरी परी अनुसन्धान भइरहेको मुद्दापनि घुस लिएका थिए । अख्तियारका असई अधिकारीले शिक्षकबाट १४ हजार घुस लिएका थिए ।

असई अधिकारीले आफूले नपाएको ओहोदा पाए भनी अरुलाई विश्वासमा पारी बदनियतपूर्वक आफूले गैरकानूनी तवरबाट फाइदा लिने मनसायले आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिनियर प्रहरी निरीक्षक हुँ भनी आफ्नो फेसबुक वालपेपरमा राख्ने र प्रहरी नायव निरीक्षक र प्रहरी निरीक्षक हुँ भनी धक्याउने गरेको पाइएको पनि अख्तियारको आरोप पत्रका उल्लेख छ ।

घुसलिने सजाय अन्र्तगत तीन महिना कैद र विगो जरिवाना तथा नपाएको ओहदा पाएँ भन्नेलाई सजायमा एक वर्षदेखि दुई वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना मागदाबी गरिएको छ ।

प्रतिकृया दिनुहोस