गोवाका मुख्यमन्त्री पर्रिकरको निधन, आज केन्द्रीय क्याबिनेटले श्रद्धाञ्जलि दिने

Manohar parrikkar

काठमाडौं । भारतको गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन भएको छ । पर्रिकरको ६३ वर्षको उमेरमा आइतवार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी चार पटकसम्म मुख्यमन्त्री भइसकेका थिए । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले उनको निधन भएको जानकारी ट्विटरबाट दिएका छन् । उनलाई सोमवार बिहान ११ बजे केन्द्रीय क्याबिनेटले श्रद्धाञ्जलि दिने भएको छ ।

यसअघि मुख्यमन्त्री कार्यालयले ट्विट गर्दै पर्रिकरको अवस्था धेरै नाजुक भएको जनाएको थियो । चिकित्सकले उनलाई बचाउने हरसम्भव प्रयास गरेका थिए । पर्रिकर प्याङ्क्रियाटिक क्यान्सरसँग जुधिरहेका थिए । उनको अघिल्लो सालदेखि गोवा, मुम्बई, अमेरिका र दिल्लीको एम्समा उपचार भइरहेको थियो ।

१३ डिसेम्बर १९५५ मा गोवाको मापुसामा जन्मेका पर्रिकर सन् २०००–२०००२, २०००२–०५, २००१२–२००१४ र १४ मार्च २०१७ देखि २०१९ मार्चसम्म चार पटक मुख्यमन्त्री भइसकेका छन् ।

सन् २०१४मा केन्द्रमा भाजपा सरकार बनेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई गोवा छाडेर दिल्ली आउन भनेका थिए । त्यसबेला मोदीले आफ्नो मन्त्रिमण्डलमा पर्रिकरलाई रक्षामन्त्री बनाएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...