इन्डोनेसियामा भीषण बाढी, ६३ जनाको मृत्यु,कैयौँ बेपत्ता

Badhi indonesia

काठमाडौं । इन्डोनेसियामा शनिबार राती गएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी कैयौँ मनिसहरु बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने बताइएको छ ।

देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिएका छन् ।अत्यधिक वर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका घटनाहरु भएको छ ।

प्रकोपमा परी २१ जना गम्भीर घाइते भएका छन् भने १८ जना सामान्य घाइते भएको प्रान्तीय प्रकोप व्यवस्थापन निकायको आपतकालिन इकाइका प्रमुख कोरी सिम्बोलोनले जानकारी दिएका छन् ।

'दर्जनौ अझै पनि बेपत्ता रहेका छन्, स्थानीय समयअनुसार बेलुका छ बजे बाढी आएको थियो,’ उनले भने । बाढीबाट प्रभावित भएकाहरुमध्ये तीन हजार जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए ।

बाढीले दर्जनौ घर, पुल, सडकलगायतका भौतिक संरचनामा पनि क्षति पुर्याएको सिम्बोलोनले जानकारी दिएको छ । घटनाबाट प्रभावितहरुलाई खोजी तथा उद्धार र राहत वितरण कार्य भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...