निर्मला हत्या प्रकरण : अदालतको मानहानी गरेको अभियोगमा पत्रकार भण्डारीमाथि मुद्दाको तयारी

Nirmala

काठमाडौं । पत्रकार खेम भण्डारीमाथि जिल्ला अदालत कंचनपुरमा मुद्दा दर्ताको तयारी भएको छ ।

निर्मला पन्त बलात्कार र हत्या अभियोगमा अदालतले गरिरहेको अनुसान्धनालाई प्रभाव र अदालतको मानहानी गरेको अभियोगमा कंचनपुरका पत्रकार खेम भण्डारीमाथि मुद्दा दर्ताको तयारी भएको हो ।

निर्मला पन्तको बलात्कार र हत्यापछि घटनालाई लिएर भण्डारीले जनतालाई उत्तेजित र भ्रामक समाचार लेख्दै आएको र अदालतको मानहानीसमेत हुने प्रकारको समचार प्रकाशित प्रशारित गरेको भन्दै कंचनपुर बार एशोसियसनले जिल्ला अदालतमा निवेदन दिएको हो ।

'मुद्दा दर्ताको लागि बारबाट पत्र आएको छ मुद्दा दर्ता गर्ने विषयमा छलफल भइरहेको छ', यसबारे केही समयमा थाहा हुन्छ अदालत स्रोतले भन्यो ।

निर्मला पन्तको हत्या अभियोगमा प्रहरीले सुरुमै पक्राउ गरेका दिलिपसिंह विष्ट पत्रकार खेम भण्डारीका सालो भाइसमेत हुन् ।

भण्डारीले विष्ट आफ्नो सालोभाइ भएको र बचाइदिनू भन्ने संकेतसहितको म्यासेज तत्कालीन कंचनपुर प्रहरी प्रमुखलाई पठाएका थिए ।

निर्मला पन्तको बलात्कार र हत्या दिलीपसिंह विष्टले नै गरेको भन्दै निर्मलाकी आमा दुर्गाले बयान दिन थालेपछि घटनाले नयाँ मोड लिएको छ ।

प्रतिकृया दिनुहोस