स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक आज लहानमा बस्ने

Dr.ck raut

काठमाडौं । डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक आइतबार र सोमबार सिरहाको लहानमा हुने भएको छ । राउतले सरकारसँग गरेको ११ बुँदे सहमति र अगामी रणनीति बारे बैठकमा छलफल हुने बताएका छन् ।

सरकारसँगको सहमतिपछि पहिलो पटक यो बैठक हुन लागेको हो । बैठकमा मधेसका २२ जिल्लाका प्रतिनिधि सहभागी हुने छन् । सहभागी हुने हरेक सदस्यलाई नागरिकता अनिवार्य लिएर बैठकमा आउन आह्वान गरिएको छ ।

यो बैठक आकस्मिक भएकाले प्रत्येक जिल्लाबाट समिति सदस्यलाई मात्र बोलाइएको सिके राउतले फेसबुकमा उल्लेख गरेका छन् । उनले त्यसपछि विस्तारित बैठक बस्ने र भेटघाट तिव्र बनाउने उल्लेख गरेका छन् ।

लहानमा कहाँ र कति बजे परिषद् बैठक सुरु हुनेबारे अहिले खुलाइएको छैन् । परिषदका सदस्य सुदीपराज कुशवाहाका अनुसार ठाउँ आइतबार बिहान टुंगो लाग्ने छ ।

प्रतिकृया दिनुहोस