प्रहरीलाई घुस दिँदै गर्दा २ जना पक्राउ

Pakrau 12

काठमाडौँ । काठमाडौँको गोठाटारबाट प्रहरीलाई घुस दिन खोज्ने दुई जना पक्राउ परेका छन् ।

मोटरसाइकल चेक गर्ने क्रममा ५ सय रुपैयाँ घुस दिँदै गर्दा कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारबाट पक्राउ परेका हुन् ।

बिनाकागजपत्र बा ४५ प ९६३३ नम्बरको मोटरसाइकल चलाएका ओखलढुङगाका अर्जुन बुढाथोकी र मोटरसाइकल पछाडी बसेका भेषबहादुर थापालाई पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जनाएको छ ।

प्रतिकृया दिनुहोस