फेवातालमा डुबेर एक युवकको मृत्यु

Mirtu uudubera

पोखरा । पोखराको फेवातालमा डुबेर एक युवाको मृत्यु भएको छ ।

पोखराको गण्डकी मेडिकल कलेजमा एमबीबीएस चौंथो वर्षमा अध्ययनरत म्याग्दीको बेनी नगरपालिका अर्थुंगेका २४ वर्षीय शिशीर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए ।

उनका अनुसार केसीको शवलाई तालबाट निकालेर पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

पोखरा-१८ सेदीबगर नजिकै शनिबार बिहान साढे १० बजे उनी तालमा डुबेका थिए ।

तालका कसरी डुबे भन्ने बारेमा अनुसन्धान भइरहेको भए पनि प्रारम्भिक अनुसन्धानबाट उनले तालमा हामफालेको अनुमान प्रहरीले गरेको छ ।

प्रतिकृया दिनुहोस