न्युजिल्याण्डमा गोलीकाण्ड : ४९ जनाको मृत्यु, २० भन्दा बढी गम्भीर

Newzland

काठमाडौं । न्युजिल्याण्डको क्राइस्टचर्चका दुई मस्जिदमा भएको गोलीकाण्डमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ । शुक्रबार भएको हमलामा परी २० जना भन्दा बढी गम्भीर घाइते भएका छन् ।

बन्दुकधारीहरूले क्राइस्टचर्च सहरका दुई मस्जिदमा शुक्रबारको प्रार्थना गर्न भेला भएकाहरूमाथि अन्धाधुन्द गोली चलाएका थिए । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले यो गोलीकाण्डलाई आतंकवादी हमला भनेकी छन् ।

प्रधानमन्त्री आर्डर्नले मृत्यु हुनेहरूको संख्या पुष्टि गर्दै आजको दिन आफ्नो देशको ’कालो दिन’ भएको बताएकी छन् । यो घटनासँग सम्बन्धित एक महिलासहित चार जनालाई हिरासतमा लिएको पनि बताएकी छन् ।

’क्राइस्टचर्च यी पीडितहरूको घर थियो । यीमध्ये धेरै त सायद यहीँ जन्मेका थिए। धेरैका लागि न्युजिल्याण्ड उनीहरूको मनपर्ने देश थियो । आज न्युजिल्याण्डकै सबभन्दा कालो दिनमध्ये एक हो ।’ न्युजिल्याण्डका प्रहरी कमिश्नर माइक बुशले चार जना पक्राउ परे पनि खतरा भने टरेको भन्न सकिने अवस्था छैन ।

हमला गर्नेमध्ये एक जना अस्ट्रेलियाका २८ वर्षीय नागरिक भएको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन जानकारी दिएका छन् । उनले यो हमलाकारीहरूलाई ’अति दक्षिणपन्थी आतंकवादी’ भनेका छन् ।

’हामीमाझ खराब मान्छेहरू सधैं रहिरहन्छन् र उनीहरू यस्ता हमला जहिले पनि गर्न सक्छन् भन्ने यो घटनाले देखाएको छ,’ अस्ट्रेलियाका प्रधानमन्त्रीले मोरिसनले भनेका छन् । सिरिज खेल्न न्युजिल्याण्ड गएको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली संयोगले गोलीकाण्डबाट जोगिएको छ ।

शुक्रबार बिहान प्रार्थनाका लागि न्युजिल्याण्डको दक्षिणी टापूको क्रिस्टचर्च मस्जिद जान लागेका बंगलादेशी टोलीका सदस्यहरू गोलीकाण्डबाट जोगिएका हुन् ।

उनीहरू मस्जिद नजिकै पुग्दा गोली चलेको आवाज सुनिएको थियो । मस्जिदबाट मानिसहरू चिच्याउँदै बाहिर निस्किरहेका थिए । मस्जिदभित्र गोली चलेपछि बंगलादेशी टोलीलाई केहीबेर बसभित् राखिएको थियो । पछि उनीहरू बसबाट झरेर भागेका थिए । त्यसपछि उनीहरू नजिकैको हाग्ली पार्कमा भेला भएका थिए । 

प्रहरीले यो हमला सुनियोजित भएको भन्दै आजका दिन मस्जिद नजान अपील गरेको छ । त्यस्तै डबलिन र क्राइस्टचर्च बीचका सबै उडान रद्द गरिएको डबलिन विमानस्थलले जनाएको छ ।

क्राइस्टचर्चका मेयर लियानेर डेलजिएलले घटनाबारे बोल्दै भनेका छन्, ’स्कुलमा भएका बच्चाहरू सुरक्षित छन् । कृपया सबै जना शान्त रहनुहोला । यस्तो अवस्थामा शान्त रहेर आफ्ना परिवार र साथीहरूसँग कुरा गर्न जरूरी हुन्छ । यो भयानक घटना हो । हामी सबै मिलेर यो समस्यासँग जुध्नुपर्छ ।’ घटनापछि यो क्षेत्रका स्कुल र अस्पताल बन्द गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...