न्यूजिल्याण्डका दुई वटा मस्जिदमा अन्धाधुन्द गोली प्रहार, कम्तीमा २७ को मृत्यु

Nyujilyand aakraman

काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ । सो घटनामा परी डेली कम्तीमा पनि बालबालिकासहित मा २७ जनाको मृत्यु भएको डेली मेलले उल्लेख गरेको छ ।

मस्जिदमा अन्धाधुन्द गोली प्रहार भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । मस्जिदमा आज जुमेको नमाज थियो । त्यही बेला आक्रमण भएको हो ।

थप आक्रमणको भय बढेपछि विद्यालय, अस्पताल र अन्य मस्जिदहरुलाई पनि अर्को सूचना नआउन्जेलसम्मका लागि बन्द गरिएको छ । न्युजिल्याण्ड भ्रमणमा रहेका बंगलादेशी क्रिकेट खेलाडीहरु भने सुरक्षित छन् ।

प्रधानमन्त्री जेसिन्डा अर्डनले घटनामा दुःख व्यक्त गर्दै न्यूजिल्याण्डका लागि कालो दिन भएको प्रतिक्रिया दिएकी छन् । उनले आक्रमणमा आप्रवासी र शरणार्थीहरुको संलग्नता रहेको आशंका गर्दै उनीहरुलाई पक्राउ गर्ने संकेत दिएकी छन् ।

प्रहरी कमिश्नर माइक बुशका अनुसार एक आक्रमणकारी पक्राउ परेका छन् । उनका अनुसार घटनामा अन्य व्यक्ति वा समूहको संलग्नता भए(नभएको खुलेको छैन र यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

डेली मेलका अनुसार यो आक्रमणमा २८ वर्षीय अष्ट्रेलियन युवकको संलग्नता छ । उनले अल नुर मस्जिद आक्रमणको फेसबुक लाइभ गरेका थिए । सैनिक पोशाक लगाएका ति व्यक्तिले कारबाट ओर्लिएर मस्जिदमा अन्धाधुन्द गोली प्रहार गरेको भिडियो फुटेजमा देख्न सकिन्छ ।

आक्रमणपूर्व उनले ‘लेट्स पाटी स्टार्टस्’ भनेका छन् । उनले कारमा कम्तिमा ६ वटा राइफल राखेको डेलीमेलको दाबी छ । उनले आक्रमणमा प्रयोग गरेको राइफलमा बिभिन्न व्यक्तिहरुको नाम उल्लेख छ ।

आक्रमण गरिएको क्राइस्टचर्च दक्षिण टापुमा अवस्थित न्यूजिल्याण्डकै ठूलो शहर हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...