७३७ म्याक्स मोडलका विमान उडाउन बोइङले नै रोक्यो

Boeing grounded6060

वासिंटन । अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमान उडाउन रोक लगाएको छ । अर्को निर्णय नभएसम्म ती मोडलका सबै विमान नउडाउन उसले वायुसेवा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

अमेरिकी उड्डयन नियामक निकायले इथियोपियामा उक्त मोडलको विमान दुर्घटनासम्बन्धी नयाँ तथ्य प्राप्त गरेपछि यस्तो निर्णय गरिएको निर्माण कम्पनीको भनाइ छ । करिब ६ महिना अघि लायन एयरको सोही मोडलको विमान दुर्घटना भएको थियो । ६ महिनाकै अन्तरालमा एउटै मोडलका विमान उस्तै प्रकृतिबाट दुर्घटना भएपछि उक्त मोडलमा सुरक्षासम्बन्धी त्रुटी रहेको आशंका उब्जिएको थियो ।

यसअघि अमेरिकी संघीय उड्डयन प्रशासनले भने उक्त मोडलको विमान उडानमा रोक लगाउनुपर्ने कुनै भरपर्दो कारण नरहेको बताउँदै आएको थियो ।

बोइङ कम्पनीका अधिकारीहरुका अनुसार दुर्घटना स्थलको प्रारम्भिक अनुसन्धान र भूउपग्रहबाट संकलित विवरणका आधारमा पछिल्लो निर्णय लिइएको हो । अनुसन्धानका क्रममा प्राप्त केही प्रमाण इथियोपियन एयरलाइन्स र लायन एयरको विमान दुर्घटनामा साझा समस्याका रुपमा पाइएको कम्पनीले जनाएको छ ।

हाल विश्वमा उक्त मोडलका ३७१ विमान विभिन्न वायुसेवा कम्पनीमा सञ्चालित छन् । पछिल्ला दिनमा विभिन्न मुलुकले ती मोडलका विमान उडानमा रोक लगाएका थिए । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...