ब्राजिलको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार, ८ जनाको मृत्यु

1772292161brazil school shooting

साओ पाउलो । ब्राजिलको साओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा ८ व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा ८ व्यक्तिको मृत्यु भएको विभिन्न सञ्चारमाध्यमहरुले बताइएको छन् ।

साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, 'सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ ।'

ब्राजिलका धेरैजसो सञ्चारमाध्यमले ५ जनाको मृत्यु भएको बताएका छन्। तर, यहाँको प्रसिद्ध एक टेलिभिजन टिभी 'ग्लोबो'ले दुई किशोरले गोली चलाएको हुनसक्ने र जम्मा ८ जनाको मृत्यु भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार प्रशारण गरेको छ । सञ्चारमाध्यमहरूका अनुसार उक्त घटनामा १७ जना घाइते भएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...