भरतपुर बम विस्फोट अपडेट : ६ जना शंकास्पद व्यक्ति पक्राउ

6540925320991773bomb blast.

काठमाडौं । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोटमा संलग्न रहेकाे आश‌ंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ। नियन्त्रणमा लिइएकामाथि अनुसन्धान सुरु गरिएकोले चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसि‌ंह राठाैरले बताए।

'बम पड्किएकाे इलाका वरपर रातकाे समयमा सर्च गर्दा केही शंकाष्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छाैं', उनले भने, 'नियन्त्रणमा लिएका ६ जनामाथि अनुसन्धान भइरहेकाे छ। उनीहरुकाे ठेगाना, अहिलेसम्म कुनै आपराधिक क्रियाकलापमा संलग्न रहे/नरहेकाे सम्बन्धमा पनि खाेजी गरिरहेका छाैं। अनुसन्धानकै क्रममा भएकाेले नाम खुलाउने अवस्था छैन।'

भरतपुर महानगरकाे ५ नम्बर वडा कार्यालयमा आज बिहान करिब १२ः३० बजेकाे समयमा शक्तिशाली सिलिण्डर बम विस्फोट गराइएको थियो।प्रहरी उपरीक्षक राठौरका अनुसार विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेका, घर चर्किएकाे तथा विस्फोटपछिको आगजनीबाट कार्यालयमा रहेका कागजपत्र जलेर नष्ट भएको बताए।

घटनापछि जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन गरिएकाे छ। सुरक्षा चुनाैती बढेकाे भन्दै प्रहरी परिचालन गरिएकाे राठाैरले बताए। 'घटनापछि चितवनका सबै प्रहरी चाैकीहरुलाई अलर्ट गराएका छाैं', उनले भने।

घटनाबारे थाहा पाएलगत्तै प्रहरी घटनास्थल पुगेकाे र विस्फाेटपछिकाे आगलागी महानगरको दमकल र स्थानीयकाे सहयाेगमा नियन्त्रणमा लिइएकाे उनले बताए। घटना कसले गराएकाे भन्ने सम्बन्धमा भने केही खुल्न सकेकाे छैन।

राठौरले घटना नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाले गराएको अनुमान गरिएको बताए। सरकारले म‌गलबार साँझ मात्रै नेकपाकाे गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेकाे थियाे।

प्रतिकृया दिनुहोस