विस्फोट गराउने दोषीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

Baidesic rojgarrr

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मङ्गलवार प्रधानमन्त्री ओलीलाई दोषीमाथि कारबाहीको माग गरेको छन् ।

सङ्घले प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउँदै गैरकानुनी रूपमा आर्थिक सहायता नदिँदा विप्लव समूहले विस्फोट गराएको भन्दै दोषीलाई कडा कानुनी कारबाही गर्ने ध्यानाकर्षण गराएको छ ।

सङ्घद्वारा गठित घटना समन्वय समितिका संयोजक दिलप्रसाद पोखरेलको नेतृत्वमा गएको टोलीले दोषीमाथि कारबाहीको माग गरेको हो ।

विप्लव नेतृत्वको भातृ सङ्गठन युवा सङ्गठन नेपालले गत शुक्रवार सङ्घका अध्यक्ष रोहन गुरुङको निवासरकार्यालयमा बम विस्फोट भएको थियो। विस्फोटबाट गाडी, घर, कार्यालयमा क्षति पुगेको छ ।

टोलीले विस्फोट गर्नुअघि युवा सङ्गठन नेपालले चन्दा मागेको प्रधानमन्त्री समक्ष बताएका छन् ।

’माग गरिएको आर्थिक चन्दा नदिइएको कारणले व्यवसायीलाई आतंकित बनाई डर, त्रास पैदा गरी आर्थिक सङ्कलन गर्ने नियतले विस्फोट गराइएको हो,’ समितिका संयोजक पोखरेलले भने, ’यो विस्फोट व्यवसायीमाथिको मात्र नभई राज्यमाथि कै आक्रमण भएको हाम्रो ठहर छ ।’

टोलीले सङ्घका अध्यक्षको घर, सवारी साधन, र कार्यालयमा गराइएको विस्फोटबाट भएको क्षतिको उचित क्षतिपूर्ति दिन माग गरेको छ ।

प्रतिकृया दिनुहोस