इथियोपिया विमान दुर्घटना : विश्वभर बोइङ ७३७ म्याक्स ८ विमानको उडान बन्द

1222364041ethiopian airlines kmclabhioc

काठमाडौं । इथियोपियन एयरलाइनसको बोइङ ७३७ म्याक्स ८ विमान आइतबार उडान भरेपछि ८ हजार फिटको उचाइँसम्म पुग्यो तर अचानक ४४१ किलोमिटर प्रतिघण्टाको रफ्तारमा जमिनतर्फ खसेर दुर्घटनाग्रस्त बन्यो । दुर्घटनामा विमानमा सवार एक नेपालीसहित १५७ जनाले ज्यान गुमाए ।

पाँच महिनाको अन्तरालमा बोइङको यही मोडलको विमान दुर्घटना भएको दोस्रो पटक हो । यसअघि अक्टोबर २०१८ मा इन्डोनेसियाली कम्प्नी लायन एयरको यही मोडलको विमान जकार्तामा दुर्घटनाग्रस्त बनेको थियो । उक्त दुर्घटनामा १८९ जनाको मृत्यु भएको थियो ।

इथियोपियामा भएको दुर्घटनापछि विश्वभर बोइङका ११७ वटा विमानको उडानमा रोक लगाइएको छ । चीन र इथियोपियाले विमानको उडानमा रोक लगाएको छ । त्यस्तै क्यारेबियन कम्पनी केयम्यान एयरलाइन्सले अस्थायी रुपमा बोइङ ७३७ म्याक्स–८ विमानलाई सञ्चालनबाट हटाएको छ । इन्डोनेशियाको विमान कम्पनी गरुड इन्डोनेसियाले पनि हाललाई यो मोडलको विमान प्रयोगमा रोक लगाएको छ ।

रुसले यस विषयमा विचार गर्ने बताएको छ भने भारतमा पनि यस विमानको प्रयोगमा नयाँ सुरक्षा निर्देशन जारी गर्ने तयारी गरिएको छ ।

विमान उडानयोग्य : अमेरिका

यता, अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) ले भने ७३७ म्याक्स ८ विमान उडाउन योग्य रहेको बताएको छ । विश्वभर विमानको उडानमा रोक लगाइएपछि एफएएले उक्त सूचना जारी गरेको हो ।

तर, एफएएको नियामक कमिटीका सदस्य तथा फ्लायर्स राइट डट ओआरजीका अध्यक्ष पाउल हडसनले भने तत्काललाई सबै विमानलाई ग्राउन्ड गरिनुपर्ने मत जाहेर गरेका छन् ।

‘एफएएको पर्ख र हेरको नीतिले अझ बढी ज्यानलाई जोखिममा पार्नेछ र अमेरिकाको हवाई उद्योगलाई पनि,’ हडसनले एक विज्ञप्ति जारी गर्दै सोमबार भनेका छन् ।

बोइङ ७३७ मोडलका १० हजारभन्दा बढी विमान रहेका छन् भने एयरबसको ए३२० मोडलका ८ हजारभन्दा बढी विमान सञ्चालनमा रहेका छन् ।

बोइङको ७३७ म्याक्स ८ विमान सबैभन्दा बढी बिक्री हुने यात्रुवाहक विमान हो । कम्पनी यो मोडल सन् २०१७ मा लञ्च गरेको थियो । यो ५० वर्ष पुरानो बोइङ ७३७ को नयाँ संस्करण हो ।

जनवरीको अन्तिमसम्म विश्वभरका एयरलाइन्सले ५०११ वटा म्याक्स ८ विमान अर्डर गरेका थिए । यसमा ३५० वटा विमानको डेलिभरी भइसकेको छ । हाल विश्वमा ३ सयभन्दा बढी विमान सञ्चालनमा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...