मलेसियाली राजा शाहकाे संसदमा पहिलो सम्बाेधन, राष्ट्रिय एकताका लागि दलहरुलाई आह्वान

638422253878269220malaysian king.

काठमाडौं । मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्बाेधन गरेका छन्।

सम्बाेधनका क्रममा उनले राष्ट्रिय एकताका लागि दलहरुलाई आह्वान गरेका समाचारमा जनाइएको छ।

गत जनवरीमा देशको १६औं राजाका रुपमा राज्यभिषेक गरेका अब्दुल्लाहले बहुसांस्कृतिक र बहुजातीय पक्षलाई विषेश महत्व दिन पनि आग्रह गरेका छन्। 'बहुजातीय जनसंख्या भएको मुलुकमा सबै एकताबद्ध भयो भने त्यो निकै ठूलो शक्ति बन्न सक्छ,' उनले भने।

उनले विशेष गरी विश्व अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी नयाँ प्रविधि र नयाँ आर्थिक अवसरहरुलाई उपयोग गर्ने तर्फ लाग्न सरकारलाई सुझाव पनि दिए। 'मलाई विश्वास छ, नयाँ धनी व्यक्तिहरु तयार पार्नका लागि सरकारले नयाँ उद्यमीहरु, नयाँ लगानीकर्ताहरु र नयाँ अन्वेषकहरुलाई प्रोत्साहन गर्नेछ', राजा अब्दुल्लाहले थपे।

अहिले चलिरहेका साना तथा मझौला उद्यमलाई पनि नयाँ प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रियस्तरमा हुनेगरी विस्तार र विकास गर्नुपर्नेमा उनको जोड थियो।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...