आजको मौसम: कुन क्षेत्रको कस्तो होला ?

Mausam fsabdroyqv

काठमाडौं । पश्चिमका अधिकांश क्षेत्र तथा मध्य र पूर्वको पहाडी क्षेत्रको मौसम मंगलबार बलदी हुने जल तथा मौसमपूर्वानुमा महाशाखाले जनाएको छ ।

पश्चिमका क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै मध्य तथा पूर्वका पहाडी भेगमा आंशिक बदली रहने छ ।

तराईसहित बाँकी क्षेत्रको मौसम भने सफा हुने मौसमविदले बताएका छन् । बेलुकातिर पश्चिमका केही ठाउँ र मध्य तथा पूर्वको पहाडी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुने सम्भावना रहेको छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि दिनभर मौसम सफा रहने सम्भावना छ, तर बेलुकातिर आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिकृया दिनुहोस