जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

Pakkrau

दाङ । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १ निवासी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ निवासी २१ वर्षीय सन्तोष घर्ती मगरलाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गत फागुन १७ गतेका दिन घर्ती मगरले ती बालिकालाई जबरजस्ती करणी गरेका थिए ।

पीडित बालिकाको दाजुले प्रहरीमा दिएको जाहेरीका आधारमा फागुन २४ गते घर्ती मगरलाई पक्राउ गरी जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस